प्रदीप अधिकारीसहितलाई थुनामा पठाउनुपर्ने माग गर्दै अख्तियार सर्वोच्चमा

२ माघ,  काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदिप अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ ।

अख्तियारले विशेष अदालतको आदेश बदर गरी अधिकारीलाई पुर्पक्ष थुनामा पठाउने आदेश गर्नुपर्ने माग गरेको हो ।

८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले प्रदीप अधिकारी र मुरारी भण्डारीलाई धरौटी र महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा पठाउने आदेश गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts